(१) निर्वाचनको काममा खटाएको वा लगाएको कर्मचारीलाई अन्यत्र सरुवा गर्न वा काज खटाउन पर्ने भएमा वा निर्वाचन अवधिमा कुनै कर्मचारीलाई सरुवा गर्न वा काज खटाउन परेमा त्यसरी सरुवा गर्ने वा काज खटाउने अधिकारप्राप्त अधिकारीको निर्णय सहित सम्बन्धित मन्त्रालय वा निकायको सचिव वा विशिष्ट श्रेणीको अधिकारी मार्फत सहमतिको लागि आयोग समक्ष लेखी पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सहमति माग गर्दा त्यसरी सरुवा गर्न वा काज खटाउन पर्ने आधार र कारण समेत खुलाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम सहमति माग गरिएको कर्मचारीलाई सरुवा गर्न वा काज खटाउनपर्ने आधार र कारण मनासिब भएमा र त्यस्तो कर्मचारीलाई सरुवा गर्दा वा काज खटाउँदा निर्वाचन सम्बन्धी काम कारबाहीमा प्रतिकूल असर नपर्ने देखिएमा आयोगले सरुवा गर्न वा काज खटाउन स्वीकृति दिन सक्नेछ ।
(४) यस नियम बमोजिम कर्मचारीलाई सरुवा गर्न वा काज खटाउन स्वीकृति दिने सम्बन्धमा आयोगले आवश्यक मापदण्ड बनाई लागू गर्न सक्नेछ ।